| सोमवार, कार्तिक २३, २०८३

विश्व दृष्टि दिवस–२०२५, विविध कार्यक्रम गरी मनाइयो

गोरखामा लामो समयदेखि आँखा उपचार सेवा दिँदै आएको गोरखा लायन्स आँखा सेवा केन्द्रले विश्व दृष्टि दिवस २०२५, विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा केन्द्रले गोरखा सदरमुकाम क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरेको केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले बताए ।


‘सबैका लागि आँखाको हेरचाह, आँखालाई माया गरौँ’, भन्ने आँखा सम्बन्धी सचेतनासहित प्रभातफेरी गरेको उनले जानकारी दिए ।

विश्व दृष्टि दिवसकै अवसरमा केन्द्रले जिल्ला प्रहरी कार्यालय गोरखामा निशुल्क आँखा शिविर संचालन गरेको छ । शिविरमा ६८ जना प्रहरीहरुको निशुल्क आँखा जाँच गरिएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रमुख अर्यालले बताएका छन् । साथै, उनीहरुलाई निशुल्क औषधी तथा चश्मा वितरण गरिएको उनको भनाइ छ ।

गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रमुख श्रवणकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा जिल्ला अन्तरगतका विभिन्न लायन्स तथा लियो क्लवहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्