| सोमवार, कार्तिक २३, २०८३

गण्डकी गाउँपालिकाको हराएको ड्रोन भेटियो

हराएको भनिएको गण्डकी गाउँपालिकाको ड्रोन भेटिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट हराएको भनिएको ड्रोन शुक्रबार पौने १ बजेतिर फेला परेको गाउँ कार्यपालिका कार्यालयले जनाएको छ ।

‘२०८२ असोज ५ गते यस गण्डकी गाउँ कार्यपालिकाको कार्यालयबाट ड्रोन हराएको सार्वजनिक सूचना प्रकाशन गरिएकामा यही असोज १० गते मध्यान्न १२ः४५ बजे गण्डकी ६ बनटारदेखि फिस्लिङ जाने सडक नजिकै स्थानीयले फेला पार्नुभै कार्यालयका कर्मचारीहरुमार्फत कार्यालयमा बुझाउनु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, शुक्रबार सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्