| सोमवार, कार्तिक २३, २०८३

एकिकरण नेपाल गोरखाको १७ औं साधारण सभा सम्पन्न

एकिकरण नेपाल गोरखाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिलनसिँह बस्नेतको अध्यक्षता, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यता तथा गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको विशेष आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा संस्थाको जग्गा खरिद तथा कार्यालय भवन निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको हो ।
सो सभामा संस्थाका उपाध्यक्ष सिताराम तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कोषाध्यक्ष दुर्गा गुरुङले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमा कुल ९ करोड ३३ लाख ३३ हजार सात सय ७२ रुपैया आम्दानी र ९ करोड ३२ लाख ४५ हजार ३ सय ९४ रुपैया खर्च भएको उल्लेख थियो ।

साथै कार्यक्रममा प्रमुख अतिथ जिसस प्रमुख थापा, उपमेयर थोकर, मानवअधिकार सञ्जालका अध्यक्ष यदु अधिकारी, संस्थाका कार्यकारी निर्देशक हरि देवकोटा लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । वक्ताहरुले संस्थाले गरेका विभिन्न कार्यक्रम, जसले समुदायमा पारेका प्रभावको बारेमा प्रसंसा गरेका थिए । साथै भविष्यमा गर्नुपर्ने कार्यक्रमको बारेमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्