| सोमवार, कार्तिक २३, २०८३

व्यवसायीलाई नियममा कस्दै प्रशासन

जिल्ला प्रशासन कार्यालयले नियमभित्र रहेर व्यवसाय संचालन गर्न आग्रह गरेको छ । चाडपर्वलाई लक्षित गर्दै प्रशासनले जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई नैतिक र कानूनी जिम्मेवार भएर व्यवसाय संचालन गर्न आग्रह गरेको हो ।

नापतौल प्रमाणपत्र र ढक तराजु अनिबार्य नविकरण भएको हुनुपर्ने प्रशासनले जनाएको छ । प्याकिङ सामानको प्याकेटमा सामानको खुद तौल, उत्पादन र म्याद सकिने मिति तथा ब्याच नम्बर उल्लेख गरेर मात्र बिक्री वितरण गर्न भनिएको छ ।
खरिद बिल अनिवार्य हुनुपर्ने र सेवाग्राहीलाई कुनै सामान किन्दा बिक्री बिल पनि अनिबार्य दिनुपर्ने प्रशासनले भनेको छ । आफ्नो व्यवसाय स्थलमा सबैले देख्ने गरी व्यवसाय दर्ता प्रमाणपत्रदेखि मूल्यसूची अनिवार्य राख्न प्रशासनले निर्देशन गरेको छ ।
इलेक्ट्रोनिक्स, हार्डवयर, बिद्युतिय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तुको ग्यारेन्टी वा वारेन्टी मिति उल्लेख गर्नुपर्ने प्रशासनले जनाएको छ ।

व्यवसायीले सम्बन्धित निकायमा बुझाउनुपर्ने कर र राजश्व नियमित तिरेको हुनुपर्ने र तिरेको रसिद सुरक्षित राख्न पनि प्रशासनले अनिवार्य गरेको छ । माथि भनिएका कुराहरु पालना नभएमा कानूनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्