| शुक्रबार, बैशाख १७, २०८३

दशैं मेलामा सवा दुई करोड रुपैयाको कारोबार

गोरखा सदरमुकाममा जारी दशैं सस्तो वजार तथा सडक मेलाको पाचौें दिनसम्ममा करीब सवा दुई करोड रुपैयाको आर्थिक कारोबार भएको आयोजकले दावी गरेको छ । मेला आयोजक गोरखा चेम्वर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठका अनुसार बुधबार मात्रै करीब ४५ लाख रुपैया बराबरको कारोबार भएको छ । उपभोक्ताले धेरैजसो लत्ताकपडा, भाडावर्तन लगायतको स्टलमा रुचि देखाएका चेम्वरका महासचीव रामस्वरुप श्रेष्ठले जानकारी दिए । असोज २० गतेबाट शुरु भएको मेलामा १ शय ३० स्टल छन् ।
तिनमा लत्ताकपडा, घरायसी सामान, श्रृङ्गारका सामान, जिल्लाको चुमनुब्री र धार्चे गाऊँपालीकामा उत्पादित खाद्यसामग्री र जडिबुटी लगायतको स्टल रहेका छन् । चौंथो दिनसम्ममा ३० हजार बढिले मेला अवलोकन गरेका आयोजकको भनाई छ । अन्तिमदिन असोज ३० गतेसम्ममा ४० देखि ६०हजार दर्शकले मेला अवलोकन गर्ने र करीव ६ करोडको कारोबार हुने चेम्बर अफ कमर्शको अनुमान छ । निशुल्क प्रवेश गर्न पाइने भएकाले पनि उपभोक्ताहरुलाई उपभोग्य वस्तु खरीदका लागि सजिलो भएको आयोजकको दावी छ । बुधबार कलाकारहरु राजा राजेन्द्र पोख्रेल, शोभा त्रिपाठी, प्रकाश गुरुङ, शिला गुरुङ लगायतले साँगीतिक कार्यक्रम प्रस्तुत गरेका मेलाका साँस्कृतिक संयोजक गणेश श्रेष्ठले जानकारी दिए । यसैविच मेला स्थल हरमटारी खेलकुद मैदानमानवदूर्गा पूजा शुरु भएको छ ।मेला स्थलमा नवदूर्गाको मूर्ति स्थापना गरि घटस्थापना गरेर दुर्गापुजा शुरु भएको आयोजक गोरखा चेम्वर अफ कमर्शले जनाएको छ । मेलास्थलमा नवदूर्गा लगायत देवीदेवताको मूर्ति स्थापना गरिएको छ । त्यहि घटस्थापनाका अबसरमा जौ र मकैको जमरा पनि राखीएको छ । नवरात्रभर साँझ बिहान दूर्गा पूजा सहित भजनकिर्तन हुने गोरखा चेम्वर अफ कमर्शका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्