
गोरखकाली र गोरखनाथ मन्दिरमा जमरा राखियो
गोरखा दरवारस्थित गोरखकाली मन्दिरको दशै घरमा घटस्थापना गरिएको छ । सोमवार बिहान ९ बजेर १३ मिनेटको साइतमा घट्ट स्थापना गरेर जौं को जमरा राखिएको मूल पुजारी शारदा भट्टराइले बताए ।
सँगै गोरखनाथ मन्दिरमा पनि जमरा राखिएको उनले जानकारी दिए । उनका अनुसार गोरखकाली मन्दिरको पुजा कोठा र जमरा कोठामा एक÷एक पाथी, गोरखनाथ मन्दिरमा चार माना, उपल्लोकोट भगवती मन्दिरमा दुई माना र तल्लोकोटमा एक माना जौं को बिज राखिएको छ ।
बिहान सवेरै भगवतीलाई कैलाश कोठाबाट गर्भ गृहमा सारे पश्चात घटस्थापना गरिएको उनले जानकारी दिए । दशैको पहिलो दिन शैलपुत्री भगवतीको पुजा आरधना हुने उनले बताए ।
आजबाट नियमित बली समेत सुरु हुने बताइएको छ ।




