| सोमवार, कार्तिक २३, २०८३

दशैं बिदाभर कार्यालय प्रमुखहरुले फोन स्वीच अफ गर्न नपाउने

दशै बिदाभर कुनै पनि कार्यालय प्रमुखले मोइवल स्वीच अफ गर्न नपाउने भएका छन् । निरन्तर सम्पर्कमा रहन प्रशासनले भनेको छ । अत्यावश्यक काममा सम्पर्क कर्मचारी तोक्न र कार्यालयको सुरक्षाको व्यवस्था मिलाउन पनि प्रशासनले सम्बन्धित कार्यालयहरुलाई निर्देश गरेको छ ।

दशै बिदाभर सरकारी सवारी साधान प्रयोग नपाइने भएको छ । आइतवार बसेको कार्यालय प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो । प्रयोग गर्नुपरेको खण्डमा प्रयोजन खुलाई सवारी पास लिएर मात्र संचालन गर्न प्रशासनले आग्रह गरेको छ । सवारी तोडफोड भएमा कार्यालय प्रमुख र सवारी प्रयोग गर्ने पदाधिकारी जिम्मेवार रहने बताइएको छ ।

चाडवाडलाई लक्षित गरी जिल्लाका अवरुद्ध सडकहरु खोल्न भनिएको छ । पहिरो हटाएर आवश्यक मर्मत गरी अवरुद्ध सडक खुलाउने निर्णय बैठकले गरेको हो । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर अवरुद्ध सडक खुलाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्