| सोमवार, कार्तिक २३, २०८३

फरार कैदीवन्दीको खोजी तिव्र बनाउ

जेनजी आन्दोलनको नाममा बिभिन्न जिल्लाका कारागारबाट कैदीवन्दीहरु भागे । केही आफै फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । कतै स्थानीयकै संक्रियतामा केदीवन्दीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ । वुधवारसम्म जिल्लाबाट पनि ९ जना फरार कैदीवन्दी पक्राउ परिसकेका छन् ।

हुन त अन्यत्रजस्तो गोरखा कारागारबाट कैदीवन्दीहरु भागेनन् । तर अन्य जिल्लाका कारागारबाट भागेका कैदीवन्दीहरु गोरखा आइपुगेका छन् । जिल्लाबाटै केही भगौडा कैदीवन्दीहरु पक्राउ परेको घटनाले यो कुरा पुष्टी पनि गर्छ । अपराधिक गतिविधिमा संलग्न भएर कारवाही भोगिरहेका यस्ता अपराधिक मानसिकताका व्यक्तिहरु कारागारमुक्त हुनु भनेको समाजको शान्ति सुरक्षामा खलल पुग्नु हो ।

यस्ता व्यक्तिहरुले समाजमा थप अपराधिक घटनाहरु नघटाउलान् भन्न सकिन्न । समाजमा त्रास र डर फैलिएको छ ।
हत्या, बलात्कार जस्ता घटनाका दोषिहरु पनि भगौडामा छन् । चाडवाड नजिकिदै छ । चाडवाडको समयमा चोरी तथा लुटपाटका घटना हुन सक्ने जोखिम यसै हुन्छ । अपराधिक मानसिकताका यस्ता व्यक्तिहरु कारागारबाट भागेपछि जोखिम थप बढेर गएको छ ।

यस्ता भगौडाहरुलाई तत्काल पक्राउ गर्न प्रहरीले बिशेष अभियान नै चलाउनुपर्छ । स्थानीयको संक्रियता, साथ र सहयोग पनि उत्तिकै आवश्यक छ । समाजमा अपराधजन्य घटना न्यूनिकरणका लागि सबैले हातेमालो गरौ । सभ्य र शान्त समाजको परिकल्पना गरौ र यसका लागि सबैले एक्यवद्धता जनाऔ ।

प्रतिक्रिया दिनुहोस्