
संविधान दिवस सामान्य रुपले मनाइने
आज संविधान दिवस जिल्लामा सामान्य रुपमा मनाइने भएको छ । जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम हुने भएको छ । बिहान ११ बजे सामान्य कार्यक्रम गरेर दिवस मनाउने निर्णय भएको संविधान दिवस आयोजक समितिले जनाएको छ । बिहान दौड प्रतियोगिता समेत हुने भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
बिहीवार बसेको समिति बैठकले बिहीवारदेखि शनिवारसम्म सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, संघसंस्थाका कार्यालय र सम्पूर्ण व्यक्तिहरुको घरमा राष्ट्रिय झण्डा फहराउने एवं साँझ दिपावली गर्ने निर्णय गरेको छ । सबै स्थानीय तहले आफ्नो पालिकामा र राजनीति दलले आफ्नो कार्यालयमा कार्यक्रम गर्न भनिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रजिअ, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधी, संचारकर्मी लगायत अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।




