| सोमवार, कार्तिक २३, २०८३

लोकतन्त्र रहे मौलिक हक र स्वतन्त्रता रहनेछ

अहिले मुलुकको राजनीतिक, आर्थिक अवस्था बिषम छ । केहीदिनअघि जेनेरेशन जीले विद्यमान भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दका विरुद्ध विरोध प्रदर्शन गरे । विरोध प्रदर्शन उत्तेजित बन्यो, घुसपैठ भयो, तोडफोड भयो इत्यादि । सुरक्षाकर्मी पनि उत्तेजित बने, गोली प्रहार भयो, दर्जनौको मृत्यू भयो अथवा विरोध प्रदर्शन बिद्रोहमा परिणत भयो, वातावरण हिंस्रक बन्यो ।

भोलिपल्टको अवस्था कहालीलाग्दो बन्यो । काठमाडौँ मात्र नभै देशभरिकै सहर रणभूमि बने । भौतिक संरचना तोडफोड र आगजनीले अकल्पनीय दुरावस्था भोग्नुप¥यो । सुरक्षाकर्मी, सुरक्षापोस्टलाई नियन्त्रणमा लिएर विद्रोहकर्मीले सीमाहीन उद्दण्डता प्रस्तुत गरे । नेपालकै इतिहासमा सबैभन्दा दुखदायी अवर्णनीय घटना भयो ।

मानवीय र भौतिक क्षतिपछि अर्को परिस्थिति देखाप¥यो मुलुकको शासन व्यवस्थाको । बास्तविक आन्दोलनकारीको मुख्य माग थियो भ्रष्टाचारको अन्त्य, सहायक माग थियो सामाजिक सञ्जालको खुल्ला । तर जब आन्दोलनमा उग्र भड्काव भयो, तव अर्को शक्ति देखाप¥यो, मुलुकको शासन व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने । विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्र भंग गरी राजतन्त्र व्युँताउनुपर्छ भन्ने शक्तिको दह्रो चलखेल देखियो । वैंक तथा लघुवित्त ठग्नेहरुको घुसपैठ उत्तिकै देखियो । सहकारी ठग्नेहरुको चलखेल पनि कम्ति थिएन ।

अरु त तात्कालीक थिए, सबैभन्दा डरलाग्दो षड्यन्त्र देखियो व्यवस्था फेर्ने दाउपेच गर्नुहरुको । अन्तिसम्म पनि उनीहरु सैनिक मुख्यालयमा अनेक तिकडम देखियो । सैन्यशक्तिले प्रतिगमनलाई साथ दिएन र संसद नरहे पनि अहिलेसम्म संविधान बाँच्यो, लोकतन्त्र बाँच्यो । अहिलेसम्म जे भइरहेको छ, विद्यमान संविधान अनुसार भइरहेको छ । आउँदो फागुन २१ गतेका लागि निर्वाचन तोकिएको छ । यसले लोकतान्त्रिक पद्धतिलाई बचाएको छ ।

लोकतान्त्रिक पद्धति बचाउन सबै राजनीतिक पार्टी प्रतिवद्ध छन् । कथं चुनावपछि जनादेश लोकतान्त्रिक पद्धतिलाई मास्ने पक्षमा गएन भने मुलुकमा लोकतन्त्र बाँच्नेछ । लोकतन्त्र बचे नागरिक स्वतन्त्रता, मौलिक हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता इत्यादि स्वतन्त्रता बच्नेछ ।

प्रतिक्रिया दिनुहोस्