| सोमवार, कार्तिक २३, २०८३

संविधानभित्र रहेर जेनजीका माग सम्बोधन गर्न स्थानीय तहहरुको माग

आन्दोलित जेनजीका मागहरु विद्यमान नेपालको संविधानभित्र रहेर सम्बोधन गर्न जिल्लाका स्थानीय तहहरुले माग गरेका छन् । बिहिबार जिल्लाका ११ वटै स्थानीय तहहरुले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै संविधान र लोकतान्त्रिक पद्धतिको रक्षा गर्दै जेनजीका मागहरुको सम्बोधनसहित समाधान खोज्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै उनीहरुले घाइतेहरुको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग समेत गरेका छन् । साथै आन्दोलनको नाममा सरकारी तथा निजी संरचना, ऐतिहासिक धरोहर, व्यापारिक प्रतिष्ठान तथा उद्योगहरु लगायतका विविध संरचनामा भएको आगजनी, तोडफोड तथा मानव अधिकार बिरोधी कार्यको उनीहरुले घोर भत्र्सना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्