| शुक्रबार, असार ११, २०८३

गोरखामा जेनजी युवाहरुको प्रदर्शन जारी

गोरखामा पनि जेनजी युवाहरुले प्रदर्शन गरेका छन् । हरमटारी चोकमा भेला भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्ध हटाउनु पर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा सोमवार राज्यले गरेको दमनको पनि उनीहरुले बिरोध गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले नारावाजी गर्दै हरमटारीचोकदेखि बसपार्क सम्म बिरोध ¥याली समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्