| मङ्लबार, कार्तिक २४, २०८३

निर्वाचन क्षेत्रकै कार्यक्रममा जनताको सहभागीता नभएको भन्दै प्रचण्डले असन्तुष्टी जनाए

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान लिएर गोरखा आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार पालुङटारको कार्यक्रममा सन्तुष्ट देखिएनन् । कार्यक्रममा जनताको उल्लेख्य सहभागीता गराउन नसकेको भन्दै उनले पार्टीका जिल्ला नेतृत्वहरुको कमजोरी औल्याए ।

जनजागरण अभियान अन्तरगत सोमवार बिहान पालुङटारमा जनसंवाद कार्यक्रम राखिएको थियो । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता र माओवादीबाट निर्वाचित जिल्लाका केही जनप्रतिनिधी मात्र सहभागी देखिन्थे । सोही कुरालाई औल्याउँदै प्रचण्डले जनताको सहभागीता नभएकाले कार्यक्रम फितलो लागेको धारणा राखे ।

‘गोरखा मेरो निर्वाचन क्षेत्र पनि भयो, म जनप्रतिनिधी भएको हिसावले हिजो चेपे नदी कटेपछि जुन उत्साह साथ स्वागत भयो त्यसमा निकै खुशी छु,’ उनले भने, ‘तर आजको यो कार्यक्रम फितलो लाग्यो, त्यति रमाइलो महशुस भएको छैन ।’
जनसंवादसँगै शहिदहरुको श्रद्धाञ्जली सभासमेत जोडिएको कार्यक्रममा खचाखच सहभागी हुने आफ्नो अनुमान गलत सावित भएको उनले बताए । ‘बिहान पानी परेर पनि केही समस्या भयो होला तर यही उपस्थिती पालुङटारका लागि सुहाँउदो हो जस्तो लागेन,’ उनले भने ।

कार्यक्रममा जनताभन्दा पार्टीका नेता कार्यकर्ता उपस्थित रहेको भन्दै उनले असन्तुष्टी समेत जनाए । आगामी दिनमा यस्ता बिषयमा ध्यान दिन उनले पार्टीका नेता कार्यकर्तालाई सुझाव समेत दिए । उनले थपे, ‘यहाँ यसो हेर्दा के भाषण गर्ने जस्तो लाग्यो । जनता यहाँ हुनुहुन्न, सबै पार्टीका नेता कार्यकर्ता त्यसमाथि पनि गण्डकी प्रदेशका र केही जनप्रतिनिधी मात्र हुनुहुन्छ । नेतालाई सुनाउनु भन्दा जनतालाई सुनाउन पो मज्जा हुन्छ ।

निर्वाचन क्षेत्रकै कार्यक्रममा जनताको सहभागीता नभएको भन्दै प्रचण्डले असन्तुष्टी जनाए । कमरेडहरुले मेहनत गर्नुभएन भनेर मेरो आरोप त हैन तर जुन खालको संक्रियता र भूमिका हुनुपर्ने थियो त्यो पुगेन जस्तो लाग्यो,’ उनले भने । आगामी दिनमा यस्ता कुरामा ध्यान दिन उनले नेता कार्यकर्तालाई सुझाव समेत दिए ।

प्रतिक्रिया दिनुहोस्