
गोरखामा विविध कार्यक्रम गरी निजामति सेवा दिवस–२०८२ मनाइयो
निजामति सेवा दिवस–२०८२, गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । आईतबार बिहान जिल्ला प्रशासन कार्यालयदेखि हरमटारी, शक्तिचोक हुँदै बसपार्कसम्म प्रभातफेरी कार्यक्रम गरेर दिवस मनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
‘प्रभातफेरीपछि जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदनप्रदान गरेर दिवस मनायौँ’, उनले भने । निजामति दिवस–२०८२ को अवसरमा शनिबार कर्मचारी मिलन केन्द्रले प्रदेश अस्पताल गोरखामा बिरामीहरुका लागी फुलफुल वितरण कार्यक्रम समेत संचालन गरेको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदनप्रदान कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना, जिल्ला न्यायधिस विष्णुप्रसाद गौतम, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, जिल्लास्थित सरकारी कार्यालयहरुको कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।




