
क्यान्सर पीडित बालकलाई नगद सहयोग
क्यान्सर रोगबाट पीडित गोरखा सदरमुकामको बालमन्दिर माविका छात्र रवीन्द्र नेपालीलाई सो विद्यालयले उपचारका लागि आर्थिक सहायता गरेको छ ।
दायाँ खुट्टामा क्यान्सर भएर थला परेका उनलाई विद्यालयले घरमै पुगेर उपचारका लागि २४ हजार रुपैयाँ प्रदान गरेको हो । सो विद्यालयका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरुबाट संकलन गरिएको सो रकम विद्यालयका प्रधानाध्यापक भार्गववावु पाण्डेले नेपालीलाई हस्तान्तरण गरेका हुन् ।
गोरखा नगरपालिका ५ पँदेलथोक घर भएका अति विपन्न परिबारका नेपालीको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।




