| सोमवार, कार्तिक २३, २०८३

गोरखामा मनाइयो ८५ औं पेन्सन दिवस

निवृत्त राष्ट्रसेवक समाज नेपाल गोरखाले ८५ औं निवृत्तिभरण दिवश (पेन्सन डे) मनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, शिक्षक लगायतको निवृत्त राष्ट्रसेवकहरुको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

दिवसको अवसरमा मंगलबार ठूलो आँगनबाट सुरु भएको ¥याली जिल्ला समन्वय समितिका सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमका सहभागीहरुले राज्यले निवृत्त राष्ट्रसेवक माथि विभेद गर्न नहुने बताएका थिए । आफ्नो अमूल्य जिवन देश र जनताको हितमा खर्च गरेका निवृत्तहरुलाई सम्मान दिएर उनीहरुको ज्ञान सीप र सल्लाह लिनु पर्ने उनीको भनाई छ । सेवामा कार्यरतलाई लगातार दुई पटक मंहगी भत्ताका नाम तलब बढाउँदा निबृतिहरुलाई राज्यले संबोधन नगरेको सहभागीहरुकोे गुनासो छ ।

निवृत्त राष्ट्रसेवक समाज नेपाल गोरखाका अध्यक्ष ओमबहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना, नेपाल निबृत्त शिक्षक समाज केन्द्रीय समितिका संस्थापक अध्यक्ष चुडामणी शर्मा कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्