| सोमवार, कार्तिक २३, २०८३

सवारी ज्यानका अभियुक्त १५ वर्षपछि पक्राउ

गोरखा प्रहरीले सवारी ज्यानका अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरेको छ । सवारी ज्यानका अभियुक्त, सिरानचोक गाउँपालिका वडा नं ८ का रामशरण पन्तलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पन्तलाई जिल्ला अदालत गोरखाले २०६७ साल बैशाख ६ गते सवारी ज्यान कसुर मुद्दामा एक वर्ष ११ महिना ५ दिन कैद तोकेकोमा उनी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । अभियुक्त पन्तलाई सोमबार उनैको घरबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको उनले जानकारी दिए ।

पन्तलाई सोमबार नै जिल्ला अदालत गोरखामा पेश गरी अदालतको आदेश अनुसार कैद भुक्तानी गर्न कारागार कार्यालय गोरखामा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्