
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स नौ वर्षमा प्रवेश
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नौ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा गोरखा शाखाले विभिन्न कार्यक्रम गरी आठौं वार्षिकउत्सव मनाएको शाखा प्रमुख सुनिल श्रेष्ठले बताए ।
गोरखा जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल गोरखा कालिका दरबारमा आउने भक्तजनको आवश्यकतालाई मध्यनजर गर्दै संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत जुत्ता चप्पल राख्ने ¥याक प्रदान गरिएको उनले बताए ।
सोमबार एक कार्यकमका बीच दरबार परिसरमा सरसफाइमा टेवा पुग्ने उद्देश्यले उक्त ¥याक दरबार हेरचाह अड्डालाई हस्तान्तरण गरिएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।




