| आइतवार, कार्तिक २२, २०८३

गोरखामा खुल्यो यामाहा थ्री–एस शोरुम

यामाहा नेपालले गोरखामा नयाँ थ्री–एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्टस) भएको शोरूमको सञ्चालन आरम्भ गरेको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, चन्दा सप्लार्यस गोरखाका सञ्चालक चन्दनबाबु खत्री र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालको उपस्थितिमा आइतबार शोरूमको औपचारिक उद्घाटन गरिएको हो ।

आधुनिक पूर्वाधार र दक्ष टिमसहितको चन्दा सप्लार्यसले अब यामाहाको विश्वसनीय थ्री–एस अनुभव एकै छानामुनि उपलब्ध गराउने यामाहा सोरुम गोरखाका प्रबन्धक अञ्जनबाबु खत्रीले बतााए । साथै ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्टसहरू एकै स्थानमा पाउने उनले जानकारी दिए ।

यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेशनसँग जोडिएको ब्राण्ड भएको चन्दा सप्लार्यसका सञ्चालक खत्रीले बताए । ‘हामी सधैँ पार्टनर र समुदायसँगै अगाडि बढ्नमा विश्वास गर्छौं र यो शोरूम त्यसैको प्रतिबिम्ब हो’ उनले भने । त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, ‘गोरखामा जस्तो पहाडी जिल्लामा नयाँ थ्री–एस शोरूम सुरू गर्नु भनेकोे यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पु¥याउने प्रयासकै अर्को कदम भएको बताए ।

यस नयाँ शोरूमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ । एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेशन र ग्राहक सन्तुष्टिको प्रतिबद्धतामार्फत नेपाली दुईपाङ्ग्रे बजारको अगुवाइ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्