| सोमवार, कार्तिक २३, २०८३

हटियाथोक पोखराथोक खानेपानी समितिको अध्यक्षमा लामिछाने चयन

हटियाथोक पोखराथोक लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा ईश्वरी प्रसाद लामिछाने चयन भएका छन् । निकटत्तम प्रतिद्वन्द्वी बाबुराम सिर्मललाई पछि पार्दै ७१ मतका साथ इश्वरीप्रसाद लामिछाने अध्यक्ष पदमा विजयी भएका हुन् । बाबुराम सिर्मलको पक्षमा ६६ मत खसेको थियो । एक मत बदर भएको थियो ।

अध्यक्ष पदमा बागी उम्मेदवारी परेपछि भाद्र ७ गते भएको १३ औ साधारण सभा एवं छैठौँ अधिवेशनले भदौं १४ गतेको लागि निर्वाचन मिति तय गरेको थियो । शनिबार भएको निर्वाचनमा जम्मा १३८ मत खसेको थियो ।

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बिना पाठक, उपाध्यक्षमा सरला सिर्मल, महासचिवमा देवेन्द्रजंग कुँवर, सचिवमा दिनेश थापा र कोषाध्यक्षमा पम्फा सिर्मल चयन भएको समितिले जनाएको छ । सदस्यहरुमा कृष्णबहादुर परियार, बुद्धिमाया बराम, अनिल सुनार र कृष्ण गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्