
धनबहादुरको धान गोड्दै विदेशी खेताला
स्कूल कलेज पढेपछि खेतबारीको काम नगर्ने नेपाली विद्यार्थीलाई पाठ सिकाउँदै फ्रान्सका विद्यार्थीले गोरखाको गाउँमा धान गोडेका छन् । पेरिस विश्वविद्यालयका एमबिबिएस पढ्ने विद्यार्थीले शुक्रबार दिनभर अजिरकोट गाउँपालिका ४ गोगनपानीका धनबहादुरको खेतमा धान गोडेका हुन् ।
अजिरकोट गाउँपालिका ३ भच्चेकमा अस्पताल स्थापनाको काम गर्न र गाउँका विपन्न समुदायलाई स्वास्थ्य वीमा गराउन आएका ६ जना फ्रान्सेली विद्यार्थीहरु फुर्सदको समय मिलाएर धान गोडेक गुरुङले जानकारी दिए ।
नेपाली किसानको खेतबारीमा काम गर्न पाउँदा असाध्यै खुशी भएका उनले बताए ।
मनोज एशोसिएशन फ्रान्स र मुटु फाउण्डेशन नेपालले गाउँपालिकासँग सहकार्य गरी २२० जनाको स्वास्थ्य वीमा गराएको छ । गाउँपालिकाले पहिचान गरेको गरिव घरपरिवारलाई संस्थाले स्वास्थ्य वीमा गराएको मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकरी दिए । साथै भच्चेक अस्पतालमा शल्यक्रिया कक्षम विभिन्न उपकरणहरु जडानको काम गरिरहेका छन् ।




