
विद्युत ट्रान्सफर्मर चोर्ने अभियुक्त पक्राउ
विद्युत ट्रान्सफर्मर चोरेको आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका २ झिम्रेक बनपालेस्थित थालाजुङ घर्तीपानी खनालथोक ग्रामीण विद्युतीकरण केन्द्रको ५० केभीए क्षमताको ट्रान्सफर्मर चोरी गरेको आरोपमा बली सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रौतहट गरुडा नगरपालिका २ घर भई हाल गोरखा नगरपालिका १० छेपेटारको कवाडी सामान संकलन केन्द्रमा काम गर्ने २८ बर्षका सहनीलाई सोमबार पक्राउ गरेको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । आइतबार साँझ सात बजेतिर त्यहाँको ट्रान्सफर्मर फुटाई सोभित्र रहेको तामाको तारलगायतका सामानहरु चोरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सो ग्रामीण विद्युतिकरण केन्द्रका प्रतिनिधिको जाहेरीका आधारमा प्रहरीले चोरी उद्योग कसूरमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको डिएसपी सुवेदीले जानकारी दिए ।विद्युत




