| शनिबार, असार १२, २०८३

हरमटारी खेलमैदानमा विना अनुमति मेला महोत्सव गर्न नपाइने

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदान (रंगशाला) मा बिनाअनुमति मेला महोत्सव लगायतका कार्यक्रम गर्न नपाइने भएको छ । जिल्ला खेलकुद बिकास समितिले आइतवार सूचना जारी गर्दै अनुमति बेगर कुनै पनि संघसंस्था, क्लव वा अन्य सरोकारवाला पक्षले कार्यक्रम गर्न नपाउने जनाएको हो ।

‘जिल्ला खेलकुद बिकास समिति गोरखाको स्वामित्वमा रहेको गोरखा नगरपालिका वडा नम्वर ६ स्थित हरमटारी खेलमैदान रंगशालामा कुनै पनि प्रकारका खेलकुद प्रतियोगिता, सभा सम्मलेन, कृषि तथा पर्यटन मेला, महोत्सव आदि कार्यक्रमहरु गर्न जिल्ला खेलकुद बिकास समिति गोरखाको अनिवार्य अनुमति लिनुपर्ने छ,’ सूचनामा भनिएको छ ।

अनुमति अगावै कार्यक्रम संचालन हुने स्थल हरमटारी खेलमैदान भनेर किटान गर्ने र सामाजिक सञ्जाल वा अन्य निकायमा संप्रेषण गर्ने काम नगर्न समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्