
शिवशक्ति आमा समूहद्वारा मानव सेवा आश्रममा खाद्यान्न प्रदान
गोरखा नगरपालिका ८ हरमटारीस्थित शिवशक्ति आमा समूह महिलाहरूले तीज पर्वको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । समूहले यसवर्ष दरखाने कार्यक्रम नराखी दरका लागि खर्च हुने रकम बराबरको खाद्यान्न आश्रमका बालबालिकाहरुलाई उपलब्ध गराएका हुन् ।
अहिले दिनदिनै तीजको नाउँमा दर खाने प्रतिस्पर्धा चलिरहेको अवस्थामा सो प्रतिस्पर्धालाई बढावा दिनुभन्दा मानवीय सेवामा योगदान पु¥याउनु उपयुक्त हुन्छ भन्ने सन्देश दिन मानवसेवा आश्रममा खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरिएको संस्थाकी सदस्य मायादेवी दुवाडीले बताइन् ।




