| आइतवार, कार्तिक २२, २०८३

कालीका लघुबित्त वित्तीय संस्थाको १६ औँ वार्षिक उत्सव मनाइयो

कालीका लघुबित्त वित्तीय संस्थाको १६ औँ वार्षिक उत्सव धुमधामका साथ मनाइएको छ । बिहीबार संस्थाको शाखा कार्यालय घ्याम्पेसालमा विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो ।
घ्याम्पेसाल शाखाकी प्रमुख तारा ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा घ्याम्पेसाल प्रहरी चौकि प्रमुख मन्दीप कुमाल पटेल, संस्थाका कर्मचारीहरु एवं संस्थाका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । हाल संस्थामा ५०० जना सदस्यहरु आवद्ध छन् भने संस्थाको ऋणि सदस्य २०० जना छन् ।
संस्थाको बचत रकम रु एक करोड १० लाख रहेको छ भने कर्जा रकम रु तीन करोड ८० लाख रहेको संस्थाकी प्रमुख तारा ढुङ्गानाले बताइन् । शाखा कार्यालय घ्याम्पेसालको गत वर्षको नाफा रु ११ लाख ६० हजार रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्