| सोमवार, कार्तिक २३, २०८३

जबर्जस्ती करणी आरोपमा चेपाङ पक्राउ

जबर्जस्ती करणीको आरोपमा प्रहरीले गोरखाका बिमल चेपाङलाई पक्राउ गरेको छ । नौ बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा गण्डकी गाउँपालिका वडा नं. ६ का २१ बर्षका चेपाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते साँझको समयमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

गोरखा जिल्ला अदालतबाट उनलाई थप पाँचदिन नियन्त्रणमा राख्नेअनुमति लिएर अनुसन्धान कार्य भईरहेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्