
गोरखा जेसीजद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
जेसीज सप्ताहको तेस्रो दिन मंगलवार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सिरानचोक गाउँपालिका–५ छोप्राकस्थित मण्डली माविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको गोरखा जेसीजले जनाएको छ ।
‘गरिव तथा जेहेन्दार बिद्यार्थी भनेर ३४ जनालाई झोला र शैक्षिक सामग्री दियौ,’ जेसीज अध्यक्ष सुमन गुरुङले भने, ‘बिद्यार्थी छनोट गर्ने जिम्मा विद्यालयलाई नै दिएका थियौ ।’ विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पोखरेलको अध्यक्षता तथा पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यस्तै जेसीजले पालिकालाई शैक्षिक सामग्री समेत दिएको छ । फुटवल र भलिवल २/२ थान, व्याडमेन्टन २ सेट र भलिवल नेट १ थान हस्तान्तरण गरिएको गुरुङले जानकारी दिए । यही भदौ १ गतेबाट सुरु भएको जेसीज सप्ताह अन्तरगत पहिलो दिन खुल्ला दौड प्रतियोगिता भएको थियो ।
दोस्रो दिन सोमवार आरुघाटको भिमोदय बहुमुखी क्याम्पसमा जनचेतनामूलक कार्यक्रम संचालन भएको थियो । आज वुधवार घलाङमा स्वास्थ्य शिविर हुने संस्थाले जनाएको छ । त्यस्तै लायन्स आँखा सेवा केन्द्रको समन्वयमा आँखा जाँच शिविर समेत हुने बताइएको छ ।




