
बालयौन दुरुपयोग आरोपमा एक जना पक्राउ
गोरखामा बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–७ धारापानीका लक्ष्मण आचार्य शनिबार पक्राउ परेका हुन् । आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया नाबालिकालाई यौन दुरुपयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गोरखामा जाहेरी परेको थियो ।
जाहेरी परे लगत्तै प्रहरीले ३९ वर्षीय आचार्यलाइ सोही दिन पक्राउ गरिएको गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




