
स्वास्थ्यकर्मी संघ गोरखाको अध्यक्षमा थापा
स्वास्थ्यकर्मी संघ गोरखाको अध्यक्षमा विकास थापा चयन भएका छन् । संघको शनिबार सम्पन्न चौँथो अधिवेशनले थापाको अध्यक्षतामा १३ सदस्ययी कार्यसमिति गठन गरेको हो । जसको अपाध्यक्षमा दिपेन्द्र गिरी, महिला उपाध्यक्षमा सिर्जना पोखरेल, सचिवमा केशवराज गुरुङ र सहसचिवमा ठाकुरप्रसाद भट्ट चयन भएका छन् ।
सदस्यहरुमा रामकाजी दवाडी, दिपेश विश्वकर्मा, रामचन्द्र घिमिरे, शुसिला कुँवर, सिता घिमिरे र सर्मिला घले रहेका छन् । स्वास्थ्यकर्मी संघ गोरखामा निर्वतमान अध्यक्ष शरद श्रेष्ठको अध्यक्षता एवं संघका केन्द्रिय सदस्य सुरेश दवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका पूर्व जिल्ला अध्यक्ष नवराज खड्का, संघका निर्वतमान पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।




