
एनआरएनए अमेरिकाको च्यापटरमा गोरखाका चार युवाहरुको नेतृत्व
एनआरएनए अमेरिकाको युवा च्यापटरमा गोरखाका चार युवाहरु निर्वाचित भएका छन् । आगामी तीन बर्षे कार्यकालका लागि अध्यक्ष पदमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
एनआरएनए कनेक्टिकट च्यापटरको अध्यक्षमा केपी भट्ट निर्वाचित भएका छन् । भीमसेन थापा गाउँपालिका घर भई हाल अमेरिका बस्दै आएका उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै भीमसेन थापा गाउँपालिकाकै डण्डपानी लामिछाने एनआरएनए न्यूयोर्क च्यापटरको अध्यक्षमा निर्वाचित भएका छन् ।
एनआरएनए क्यालिफोर्नियाको अध्यक्षमा कुलप्रसाद ढकाल र युटाहा राज्यको अध्यक्षमा विप्लव लामिछाने निर्वाचित भएको बताइएको छ । ढकाल र लामिछाने पनि भीमसेन थापा गाउँपालिकाकै हुन् । निर्वाचन भने यही साउन ३१ गते हुदै छ ।




