
गोरखा डान्स स्टार ‘सिजन ३’ को उपाधी सायरा रोकालाई
गोरखा डान्स स्टार सिजन ३ को उपाधी बारपाक सुलिकोट गाउँपालिकाकी सायरा रोकाले हात पारेकी छिन् । गोरखा डान्स ऐकेडेमी र दारी ग्याङ गोरखाको आयोजनामा गत शनिबार सम्पन्न फाइनल राउन्डमा सबै प्रतियोगिहरुलाई पछाडि पार्दै रोका विजयी भएकी हुन् ।
उनले रु ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेकी आयोजकले जनाएको छ । प्रतियोगितामा गोरखा नगरपालिकाकी सफलता कुँवर दोस्रो भएकी छिन् भने धार्चे गाउँपालिकाकी गंगा गुरुङ तेस्रो भएकी छन् । उनीहरुले क्रमश रु ३० हजार र २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका आयोजक गोरखा डान्स ऐकेडेमीका अध्यक्ष अजय विकले जानकारी दिए ।
विकका अनुसार फाइनलमा १० टिम बीच प्रतिस्पर्धा भएको थियो । जिल्लाभर लुकेर रहेका नृत्य प्रतिभाहरुको खोजी गर्ने र कलाकाको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए ।




