| मङ्लबार, कार्तिक २४, २०८३

अखिल समाजवादी गोरखाको पूरै टिम अखिल क्रान्तिकारीमा प्रवेश

विप्लव निकट नेकपाको विद्यार्थी संगठन अखिल (समाजबादी) गोरखा, नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा समायोजित भएको छ । जिल्ला समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य भीषण थापाको नेतृत्वमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) गोरखासँग समायोजन गरेको हो ।

जसको उपाध्यक्षमा अभिषेक बि.क, सह–सचिव बिप्रिता दुलाल, केन्द्रीय प्रतिनिधि सदस्य एवम कोषाध्यक्ष दिनिशा ढकाल, केन्द्रिय प्रतिनिधि सदस्य अनिसा राना मगर रहनु भएका छन् ।

यस्तै आज खड्का, अस्विन कुवाँर शुभम राना, मनिस गुरुङ, उमेश बि.क, उत्तम गुरुङ, सुवास गुरुङ, आशिक बि.क, बसन्त रम्तेलसहित सिङ्गो जिल्ला समिति नै अखिल क्रान्तिकारीमा प्रवेश गरेको अखिल क्रान्तिकारीका गोरखा जिल्ला अध्यक्ष सुलभ अम्गाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्