| सोमवार, कार्तिक २३, २०८३

सोमबार गोरखनाथको पूजाआजा गर्नेको भीड

साउनको सोमबार गोरखनाथको पूजाआजा गर्नेको भीड लागेको छ । साउनलाई शिवको महिना मान्ने र साउनको सोमबारलाई विशेष दिन मानेर ब्रत बस्ने तथा शिवको मन्दिरमा पूजाआजा गर्ने परम्परा छ ।

यो सोमबार अन्तिम सोमबार भएकाले जिल्लाभित्र तथा बाहिरबाट समेत भक्तजनहरुको गोरखनाथ मन्दिरमा घुइँचो लागेको छ । भक्तजनहरु साउनमा गोरखनाथलाई रोट चढाउने, जल चढाउने तथा पूजाआजा गर्ने गर्छन् ।

तर गोरखनाथ मन्दिरमा बिहान जाने भक्तजनहरु भने मन्दिर ढिलो खुल्दा समस्यामा छन् । साँढे आठबजे मात्र मन्दिर खुल्ने परम्पराले गर्दा तनहूँ, चितवनदेखि सबेरै रोट चढाउन आइपुग्ने भक्तजनहरु मन्दिर ढिलो खुल्दा समस्यामा परेका हुन् । ‘चाँडै पूजा गर्ने, रोट चढाएर फर्कने भनेर आयौँ, तर साँडे आठ बजे मात्र मन्दिर खुल्छ भने’, बस रिजर्भ गरेर चितवनदेखि आएका एक आमा समूहकी उर्मिला गुरुङले भनिन्, ‘तर साँढे आठ बजे पनि मन्दिर खुलेन । बिहानभर पानी परिरहेको थियो । हामी पानीपानीमा भिजेर धेरै बेर पर्खनु प¥यो ।’ अरु मन्दिरहरुमा जस्तै आउने वित्तिकै लाइनमा बसेर पूजागर्न पाउनु पर्ने उनीहरुको माग थियो ।
तर गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकले भने गोरखनाथका पुजारीको संख्या कम भएकाले ढिला पूजा भएको बताए । गोरखनाथको पुजारी संख्या थप गर्न माग गरेको भन्दै उनले सेवा सुधार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्