
गोरखाका दुई रोटरी क्लवको पदस्थापना कार्यक्रम सम्पन्न
रोटरी क्लव अफ गोरखाको २३ औँ र रोटरी क्लव अफ बज्र मनास्लुको दसौं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा ड्रिस्ट्रिक ३२९२ नेपाल/भुटानका ड्रिस्ट्रिक गभर्नर बिनोद कोइरालाको प्रमुख आतिथ्यतामा अलगअलग कार्यक्रममा पदस्थापन कार्यक्रम भएको हो ।
कार्यक्रममा रोटरी क्लव अफ गोरखाका बर्ष २०२४/०२५ का अध्यक्ष बिनोद बस्नेतले बर्ष २०२५/०२६ का अध्यक्ष रामस्वरुप श्रेष्ठलाई अध्यक्ष पद हस्तान्तरण गरेका थिए । योसँगै रोटरी क्लवको वर्ष २०२५/०२६ का लागि श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ ।
क्लवको पे्रसिडेन्ट इलेक्टमा रामहरि केसी, प्रोसिडेन्ट नोमिनीमा शितलकाजी श्रेष्ठ, भाइस प्रेसिडेण्टमा शोभा प्रधान दवाडी, सेके्रटरीमा पुस्कल अर्याल, कोषाध्यक्षमा आनन्त गुरुङ र सहसचिवमा बिना कुमारी श्रेष्ठ चयन भएका छन् । क्लवको एडमिन चेयरमा प्रदिप कुँवर, सर्भिस प्रोजेक्ट चेयरमा कमल पोखरेल, पब्लिक इमेज चेयरमा बिना कुमारी श्रेष्ठ, टिआरएफमा सरद कट्टेल, आरसिसि चेयर शंकर ढकाल र मेम्बरसिप चियरमा कृष्ण ढकाल चयन भएका छन् ।
पदस्थापना तथा पदहस्तानतरण कार्यक्रममा ड्रिस्ट्रिक गर्भनर बिनोद कोइराला र जिसस प्रमुख मोहन बहादुर थापा मगरसहित रोटरीका ड्रिस्ट्रिक सेक्रेटरी सुवास सिग्देल, एजी दामोदर भण्डारी, सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, गोरखा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष ऋषिराम खत्री, गोनपा–१० का वडाअध्यक्ष प्रदिप कुँवर, प्रदेश अस्पताल गोरखाका मेसु सिद्धार्थ खनाल, गोरखा जेसिजका पदाधिकारीहरु, उद्योग वाणिज्य संघका पदाधिकारी, गोरखा चेम्बर अफ कमर्शका पदाधिकारीहरु लगायतले सहभागिता जनाएका थिए ।
सन् २००३ बाट सुरु भएको रोटरीले जिल्लाको स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रका काम गर्दै आएको छ । जिल्लाको ऐतिहासिक र पर्यटकीय स्थलहरुमा पदयात्रा गरेर पनि क्लवले गोरखाको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग गर्दै आइरहेको छ ।
त्यस्तै रोटरी क्लव अफ बज्र मनास्लुको बर्ष २०२४/०२५ का अध्यक्ष सुमेन्द्र श्रेष्ठले बर्ष २०२५/०२६ का अध्यक्ष विनोद अर्याललाई पद हस्तान्तण गरेका थिए । कार्यक्रममा बर्ष २०२५/०२६ का लागि प्रेसिडेण्ट इलेक्ट राजु लामिछाने, प्रेसिडेण्ट नोमिनी रामशरण कोइराला र भाइस प्रेसिडेण्ट नोखबहादुर बोगटी(अमृत)को पदस्थापन गरिएको थियो ।
त्यस्तै सेक्रेटरीमा दामोदर घिमिरे, ट्रेजरर सुजन श्रेष्ठ, क्लव एड्मिन डाइरेक्टर ज्ञानेन्द्र श्रेष्ठ, सर्भिस प्रोजेक्टर डाइरेक्टर गोकर्ण राना, टिआरएफ डाइरेक्टर निधिप्रसाद तिमिल्सिना, प्रव्लिक इमेज चेयरमा भोला मरहट्टा र मेम्बरसीप ग्रोथ चेयरमा भैरव पुडासैनीको पदस्थापन गरिएको थियो ।




