| सोमवार, कार्तिक २३, २०८३

रमा कुमालको शव मस्र्याङ्दी किनारमा भेटियो

गोरखा र तनहूँको सीमाना भएर बग्ने मस्र्याङ्दीको किनारमा एक किशोरीको शव फेला परेको छ । गोरखातर्फको बगरमा शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय ठाँटीपोखरीलाई खबर गरेका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

शव भानु नगरपालिका ९ की १७ वर्षीया रमा कुमालको भएको उनले बताए । उनको शव तनहुँको दमौली अस्पतालमा पोष्टमार्टम गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्