| शुक्रबार, बैशाख १७, २०८३

सुनचाँदी महासंघको गण्डकी प्रदेश तदर्थ समिति गठन

नेपाल सुनचाँदी ब्यबसायी महासंघ, गण्डकी प्रदेश स्तरको भेला गोरखामा शनिबार सम्पन्न भएको छ । सम्पन्न होटल गोरखा प्यालेसमा सम्पन्न भेलाले महासंघको गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ ।
महासंघका उपाध्यक्ष समेत रहेका निर्मल विश्वकर्मा(स्याङ्जा)को संयोजकत्वमा १३ सदस्यीय प्रदेश समिति गठन भएको हो । समितिको सहसंयोजकमा वुद्धिबहादुर गहतराज(कास्की), सचिवमा निर्मल विश्वकर्मा(कास्की), कोषाध्यक्षमा भीम सदाशंकर(नवलपुर) र सहसचिवमा कृष्णबहादुर बिश्वकर्मा(गोरखा) रहेका छन् ।
भेलामा नौ जिल्लाका पदाधिकारसहितका व्यबसायी सहभागी थिए । साथै महासंघका केन्द्रीय अध्यक्ष मोहनकुमार विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्षहरु अर्जुन रसाइली, मोहनकाजी शाक्य, शिव सराफ, विपिन रामुदामुलगायतकाको उपस्थिति रहेको थियो ।
भेलामा सरकारले कोटा प्रणाली लागु गरेर व्यवसायीलाई सिण्डिकेट लादेको भन्दै आलोचन भएको थियो । २०७० सालदेखि खरिद विक्रीको निर्देशिका ल्याउँछु भन्दै सरकारले आलटाल गरिरहेकोमा चिन्ता व्यक्त गर्दै भेलाका सहभागीले निर्देशिका नआउनुमा महासंघको समेत कमीकमजोरी रहेको आरोप लगाएका थिए । साथै कोटा प्रणाली खारेजीको माग गरिएको सहसचिव विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्