
कुलोको बिषयमा बिवाद हुदाँ भाईमाथि खुकुरी प्रहार, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
खेतमा पानी लगाउने कुलोको बिषयमा विवाद हुँदा खुकुरी प्रहार भएको छ । गोरखा नगरपालिका–३ घलाङस्थित राटमाटेका बाबुकाजी बस्नेतले भाई खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका हुन् ।
‘शुक्रवार राती करिव दश बजेको समयमा दाजुभाईबीच कुलोको निहुमा वावविवाद भएको रहेछ,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘सोही क्रममा बाबुकाजीले भाई खोपबहादुरलाई खुकुरीले हानेछ ।’ धारिलो हतियार र लौरेले शरिरको बिभिन्न भागमा प्रहार गरी गम्भिर घाइते बनाएको भनी जाहेरी प्राप्त भएपछि बाबुकाजीलाई पक्राउ गरिएको शर्माले जानकारी दिए ।
पक्राउ परेका बाबुकाजीबिरुद्ध ज्यान मार्ने उद्योग कसूरमा मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हाल काठमाडौंमा उपचारत छन् । प्रहरीका अनुसार उनको टाउको, पेट र हातमा चोट लागेको छ । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात चितवन रिफर भएका उनलाई चितवनबाट काठमाडौै रिफर गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।




