| मङ्लबार, कार्तिक २४, २०८३

अमरसिँह थापा स्मृति दिवसमा सिरानचोक गाउँपालिकामा सार्वजनिक विदा

राष्ट्रिय विभूति अमरसिँह थापाको जन्मस्थल सिरानचोक गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा घोषणा गरेको छ । बिहिबार सार्वजनिक सूचना जारी गरी सो गाउँपालिकाले २०९ औं अमरसिँह स्मृति दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

सिरानचोक गाउँपालिका ६ गाँखुमा वि.सं. १८०८ मा जन्मेका थापाले नेपाल एकीकरण अभियानमा अहम् भूमिका निर्वाह गरेर अमर बनेका गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए । उनको जन्मस्थलमा गाउँपालिकाले अमरसिंह स्मृति पार्क निर्माण गरेको छ । दिवसका अवसरमा सो पार्कमा विभिन्न कार्यक्रम गरी समृती दिवस मनाइने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्