| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

गोरखामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नं १० बिरिन्चोक बस्ने ७० वर्षका क्षेत्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आँबुखैरेनीबाट गोरखा बजारतर्फ जाँदै गरेको लु ६१ प ४६८५ नंबरको मोटरसाइकलले बुधबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा थापा गम्भीर घाइते भएका थिए ।

दुर्घटनापश्चात तत्कालै प्रदेश अस्पताल गोरखामा प्रारम्भीक उपचारपछि चितवनको मनकामना अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माले बताए ।

मोटर साइकल चालक नवलपुरको मध्यविन्दू नगरपालिका १ का २९ वर्षका साजन विसीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्