| मङ्लबार, कार्तिक २४, २०८३

फेक रेस्क्यू कदाचित नहोओस्

गोरखाको मनास्लु क्षेत्र तिब्बती सीमावर्ती क्षेत्र भएकाले सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । पर्यटकलाई भ्रमण गर्न विभिन्न मापदण्ड बनाएर खुल्ला गरे पनि अन्य गतिविधिका लागि निषेधित नै छ । जस्तो हेलिकोप्टर उँडानमा अहिले पनि निषेधित नै छ । उद्धार उडान गर्नुपर्दा पनि विभिन्न झण्झटिलो प्रावधानहरु छन् । विधि र प्रक्रिया पूरा गर्दागर्दै कतिपय घाइते, बिरामी, सुत्केरीहरुको मृत्यू हुने घटना छन् ।

त्यसैले त्यस भेगका बासिन्दाले हेलिकोप्टर उँडानलाई सहज बनाउनु प¥यो भन्ने जोडदार माग राख्दै आएका छन् । जुनसुकै पार्टीका नेता, सांसद, मन्त्री, प्रधानमन्त्रीहरु समक्ष त्यस भेगका बासिन्दाले राख्ने माग भनेकै हेलिकोप्टर उँडानलाई सहज बनाउनुप¥यो भन्ने माग राख्ने गर्छन् । गतबर्ष हेलिकोप्टर उँडानलाई सहज बनाउन माग गर्दै हेलिकोप्टर उँडान अबरोध गरी आन्दोलन गरेका थिए ।

यति हुँदा हुँदै पनि गत आर्थिकबर्ष हिमाली भेगबाट एक बर्षको अवधिमा २४८ जना घाइते, बिरामी तथा गर्भवती सुत्केरीको उद्धार गरिएको थियो । मनासलु निषेधित क्षेत्रबाट विदेशी पर्यटक तथा स्थानीयबासी गरी २४८ जनालाई उद्धार उडान सिफारिस गरिएको हो । त्यस्तै सो क्षेत्रबाट ६ जना सुत्केरी महिलाहरुलाई ‘सुत्केरी महिला उद्धार उडान सिफारिस’ दिएको थियो ।

मनासलु क्षेत्रअन्तरगत पर्ने जिल्लाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ बाहेक अन्य वडाहरुलाई सडक सञ्जालले छोएको छैन । सडक सञ्जालले छोएको ३ नं वडाबाट पनि जिल्ला सदरमुकामसम्म आईपुग्न तीन हिँड्नुपर्ने बाध्यता छ । उद्धार उँडान झण्झटिलो भएका कारण समयमै उद्धार हुन नसक्दा बर्सेनी कैयौँको अकालमा मृत्यू हुने गरेको छ । यस्तो अबस्थामा कहीँ कतै फेकरेस्क्यू हुनु दुखद हुनेछ । त्यस्तो कथंकदाचित हुनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्