| मङ्लबार, कार्तिक २४, २०८३

सर्वसाधारणमा न्यायको पहुँच पु¥याउँदै अदालत

जिल्ला अदालत गोरखाले सर्वसाधारणहरुमा न्यायको पहुँच पु¥याउने उद्देश्यसहित ग्रामिण क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कार्यालयले जिल्लाका सबै पालिकास्तरको न्यायिक समिति र वडास्तरको मेलमिलाप केन्द्रका सदस्यहरुलाई अभिमुखीकरण गराउने गरेको जिल्ला न्यायधिश शिवबहादुर रानाभाटले बताए ।

यस्तै, समय समयमा विभिन्न पालिकाहरुमा पुगेर त्यहाँका न्यायिक समितिहरुको अवस्था र चुनौती अवलोकन गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतले स्थानीय तहहरुलाई न्याय निरुपण गर्न सहयोग गर्दै आएको छ । ‘स्थानीय तहको न्यायिक समितिलाई न्याय निरुपण गर्न आवश्यक सुझाव, तालिम र अभिमुखीकरण गराउने गरेका छौँ’, उनले भने, ‘सबैमा न्यायको पहुँच पु¥याउन जिल्ला अदालतमा कानुनी सहायता कक्षा स्थापना गरेका छौँ । आर्थिक रुपमा कमजोर हैसियत भएकाहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय र अधिवक्ताहरुले पनि निशुल्क रुपमा कानुनी उपचार गराइदिनुहुन्छ ।’

आर्थिक अभाव, चेतनाको अभाव, भौगोलिक विकटता र न्याय निरुपण गर्न अदालतसम्म धाउने अभ्यास नभएका कारण विकटका नागरिकहरुमा न्यायको पहुँच नपुगेको जिल्ला न्यायधिश रानाभाटको भनाई छ । जिल्ला अदालत गोरखाले गत आर्थिक वर्ष २०८१/८२ मा ६७ प्रतिशत मुद्धा फस्र्यौट गरेको छ । कार्यालयमा नयाँ र जिम्मेवारी सरेर आएको गरी जम्मा ११ सय ६ वटा मुद्धा दर्ता भएकोमा सातसय १० वटा मुद्धा फस्र्यौ भएको कार्यालयको विवरणमा उल्लेख छ ।

गत आव आदलतमा दर्ता भएका मुद्धाहरुमध्ये ५४ प्रतिशत अर्थात पाँचसय ९४ मुद्धा सम्बन्ध बिच्छेदका छन् । जसमध्य चारसय १८ मुद्धा फस्र्यौट भईसकेका छन् । अंशबण्डा सम्बन्धी ९७ वटा मुद्धा दर्ता भएकोमा ७७ वटा मुद्धा फस्र्यौट भएका छन् । गत आर्थिक वर्ष अदालतमा जबरजस्ती करणी सम्बन्धी एकसय ३ वटा मुद्धा दर्ता भएका थिए । जसमध्य हालसम्म जम्मा ४५ वटा मुद्धाहरु फस्र्यौट भएका छन् । प्रमाण पुष्टी हुन ढिलाई भएका कारण करणीको मुद्धा फस्र्यौट हुन नसकेको जिल्ला अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिक्देल बताउँछन् ।

गएको आर्थिक वर्ष अदालतमा ज्यान सम्बन्धी ३४ वटा मुद्धा दर्ता भएकोमा १२ वटा मात्र फस्र्यौट भएका छन् । लेनदेन सम्बन्धी ७३ वटा मुर्दा दर्ता भएकोमा ७१ वटा फस्र्यौट भएका छन् भने बिबाह सम्बन्धी १७ वटा मुद्धा दर्ता भएकोमा ६ वटा मुद्धा फस्र्यौट भएका छन् । गत आव अदालतमा चोरी सम्बन्धी ३१ वटा मुद्धा दर्ता भएका थिए जसमध्य १३ वटा फस्र्यौट भएका छन् ।

बालबालिका सम्बन्धी १३ वटा मुद्धा दर्ता भएकोमा १० वटा फस्र्यौट भएका छन् भने सवारी सम्बन्धी १४ वटा मुद्धा दर्ता भएकोमा ९ वटा फस्र्यौट भएका छन् । लागु औषध सम्बन्धी ५ वटा मुद्धा दर्ता भएकोमा ४ वटा मुद्धा फस्र्यौट भएको जिल्ला अदालत गोरखाले जनाएको छ । यस्तै, नागरिकता र बैङ्किङ् सम्बन्धी कसुर पनि दिनदिनै बढ्दै गएको कार्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्