| सोमवार, साउन १०, २०८३

गोरखा अस्पतालसंग मेरो संगत र आशा

सुमन श्रेष्ठ ।

हामी सरकारी हस्पिटल भन्ने बित्तिकै नाक खुम्चाउने हाम्रो पुरानो चलन छ जुन, प्रबृति फेरिन जरुरी छ । म २०८२ साउन ९ गतेदेखि साउन १२ गतेसम्म गोरखा हस्पिटलमा भर्ना भएर बसे यो समय मैले थुप्रै कुराहरुको महसुस गर्न सकेँ । म ३ बर्ष अगाडि पनि यही गोरखा हस्पिटल भर्ना भएर बसेको थिएँ उक्त समयभन्दा धेरै सुधार भएको पाएँ ।

मेैले सधै भन्ने गरेको कुरा पहिला हामी आफु सकारात्मक हुन जान्नु पर्दछ । त्यसपछि रिजल्ट पनि सकारात्मक आउँछ । हामी हरेक कुरालाई राजनिति संग जोड्न खोज्छौँ र सार्बजनिक हितको कुरालाइ पनि खल्बलाउन खोज्छौँ तर हामी सामाजिक हितलाइ शिरोपर गरि माथि उठ्न जरुरी छ ।

गोरखा हस्पिटल गोरखा जिल्लाको मात्र नभएर गन्डकी प्रदेशभरि नै उत्कृष्ट हस्पिटल हो । यो हस्पिटल बि.स. २०२० चैत २४ गते १५ शैयाको क्षमतासहित स्थापना भएको थियो र मिति २०६० मा आएर ५० सैया क्षमतामा बृद्धि गरिएको थियो हाल आईसियूसहित उत्कृष्ट सेवा दिँदै आइरहेको छ ।

हाल गोरखा हस्पिटल स्तरीय सेवा दिने मध्यको हस्पिटल हो भन्ने कुरामा हामीभित्र शंका पाल्नु जरुरी छैन । यहाँ दैनिक चारसयदेखि छसयसम्म बिमारी ओपिडि र इमरजेन्सीमार्फत सेवा लिने गर्छन् । मलाई लाग्छ यी सबै सेवा लिन आएकाहरु पक्कै सन्तुष्टि र बिश्वास भएर नै आएको हो । हामीलाई दिमागमा ताजा छ आज भन्दा ७/८ बर्ष अगाडि सामान्य हात खुट्टा भाचिदा सामान्य अपरेशन गर्न पनि चितवन, काठमाडौँ लैजान पर्दथ्यो ।

हाल गोरखा हस्पिटलमा माइनरदेखि मेजर अपरेशनसम्म हुने गरेको छ । सफल पनि भएको छ । त्यसैले त देैनिक सयौँ मानिस स्वास्थ्य सेवा लिन लाइन बसेर सेवा लिन तयार छन । यहाँ डाक्टर सापहरु पनि अनुभबी र मिजासिला पनि छन्, जसको कारण आधा त रोग त्यस्सै बिसेक भएको जस्तो आभास हुन्छ ।

यो मेरो अनुभब सुनाइरहेको छु । म हस्पिटलमा बसिरहँदा यहाँको नर्सहरुको ब्यबहार पनि उत्कृष्ट रहेको पाए जुनियर र सिनियर डाक्टरसापहरुको पनि फलोअप र सुझाब उत्कृष्ट नै थियो । जसले गर्दा बिमारीले कुनै हैरानी ब्यहोर्न परेन ।
मलाई गजब लागेको कुरा हस्पिटल बिकास समितिको आदरणीय अध्यक्ष समन्वय प्रमुख मोहन बहादुर थापा स्वयम् बिरामीको अबस्था बुझ्न आउनु हुँदा म हर्षित भएँ । एउटा अभिभाबकत्वको महसुस गरेँ ।

उहाँलाई त्यसरी नै बिमारीको अबस्था मर्का बुझिदिन पनि म अनुरोध गर्दछु । गोरखा हस्पिटलको भौतिक संरचना उत्कृष्ट छ । अझै सुनमा सुगन्ध बनाउन सकिने ठाउँ पनि छ यो भबन भब्यसंगै सेवा पनि थपिएको छ । धेरै थप्न बाकी पनि छ गर्मीमा चिसो त चिसोमा तातो बनाउने एसीको समेत सुबिधा रहेको यो सुबिधा सम्पन्न भबनलाई दुरुस्त राख्न नागरिकको पनि उत्तिकेै जिम्मेवारि छ । यस गोरखा हस्पिटलमा अब २/३ वटा सेवालाई बिस्तार गर्न पहल गर्न पर्ने देखिन्छ ।
१) मुटुको लागि इको
२) एमआरआई
३) सिटिस्क्यान
४) धैरै बिशेषज्ञ डाक्टरहरुको पद रिक्त छ । जस्तै : स्त्री रोग, बालरोग, मानसिक, रेडियोलोजी, सर्जरी
यी पदहरुको छिटो पूर्तिको लागि स्वास्थ्य मन्त्रालयलाई दबाब दिनु जरुरी छ ।

यी सेवा सम्भब छ पनि तर हामिभित्र तदारुक्ता जरुरी छ हाल २४ सै घन्टा अक्सिजन को सेवासहित सन्चालित पनि छ । यो अक्सिजन प्लान्ट बनाउन तत्कालिन प्रदेश सरकारको भौतिकपूर्बाधार मन्त्री रामशरण बस्नेतज्युको अथक प्रयासमा बनेको म थाहा गर्दछु । यतिबेला उहाँलाइ पनि सम्झन चाहेँ । यहाँ केही सुधार गर्नु पर्ने र थप्नु पर्ने कुराहरु केही देखेँ तर मेैले देखेको सही नहुन पनि सक्छ ।

यसमा नागरिकको पनि दायित्व हुन्छ जथाभावी फोहर गर्नेहरुलाई कार्बाही गर्नु जरुरी देखे ।
१. बेसनदेखि बाथरुम ट्वाइलेटसम्म गुट्खा खाई थुकेका र फोहोर गरिराखेका छन । सरसफाइमा ध्यान
२. बिरामी कुरुवाका लागि एउटा सामान्य बेड बनाउँदा उत्तम हुने थियो । यो सामाजिक संघ संस्थाहरुको सहकार्यमा पनि हुन सक्छ । र बेडहरुको पनि केही सुधार गर्नु पर्ने देखिन्छ ।
३. लिफ्ट सकेसम्म बिरामीबाहेक अरुलाई प्रयोग गर्न नदिने साना साना बच्चाहरु एक्लै तल माथि गरिरहेको देखेँ ।
४. बिरामीहरुको सहजताको लागि बिरामीमैत्री सेवा डेक्स राख्दा उत्तम हुने थियो ।

प्रतिक्रिया दिनुहोस्