
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री राख्न माग
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गोरखाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री राख्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरियामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्रीको व्यवस्था हुनु पर्ने माग गरेका हुन् ।
विज्ञता र दक्षताका आधारमा मन्त्रीमण्डल निर्माण गर्नुपर्ने जोड उनीहरुको छ । यस्तै, मत बहिस्कारको अधिकार (राइट टु रिजेक्ट) र प्रत्याव्हानको अधिकार (राइट टु रिकल)को व्यवस्था मिलाउनुपर्ने माग नयाँशक्ति पार्टीको रहेको पार्टीका गोरखा जिल्ला संयोजक यान प्रसाद भट्टले बताए । सो क्रममा आयोजित कोणसभामा बोल्दै भट्टले पूर्ण समानुपाति, पूर्ण समावेशी प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने माग आफूहरुको छ । सबैका लागि समृद्धि समानुपातिक र समावेशी बिकास, सुशासन र सदाचारको व्यवस्था गर्नुपर्ने माग रहेको बताइएको छ ।
‘सैविधानले व्यवस्था गरेको मौलिक हक (भाग ३ धारा १६–१८) अनिवार्य र निशर्त कार्यान्वयन गर्नुपर्ने छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘उच्च पदस्त व्यक्तिहरुको सम्पत्ति छानबिनका लागी शक्तिशालि जनलोकपाल गठन गर्नुपर्छ ।’ जनमैत्री प्रविधियुक्त कर्मचारी प्रशासनको व्यवस्था गर्नुपर्ने, न्यायलयको पूर्नसंरचनासहित संवैधानिक निकायमा दलीय भागवण्डाको अन्त्य गर्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्रमार्फत स्वरोजगारमा जोड दिनुपर्ने, विदेशमा रहेका नेपालीहरुको समेत मताधिकार सुनिश्चित गर्नुपर्ने जस्ता मागहरु नयाँशक्तिले राखेको छ ।
गोरखकाली रबर उखेग संचालन गर्नुपर्ने, बुढीगण्डकी जलविद्युत आयोजना यथाशिघ्र निर्माण गर्नुपर्ने र मध्यपहाडी लोकमार्गको निर्माणमा भएको ढिलासुस्तिको अन्त्य गर्नुपर्ने माग उनीहरुको छ ।




