| मङ्लबार, कार्तिक २४, २०८३

भच्चेक आधारभूत अस्पतालमा टेलिमेडिसिन सेवा संचालनको तयारीप्रदेश अस्पताल लम्जुङसँग सम्झौता

अजिरकोट गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालमा दूर चिकित्सा सेवा (टेलिमेडिसिन) सेवा संचालनमा आउने भएको छ । प्रदेश अस्पताल लम्जुङसँगको सहकार्यमा उक्त सेवा संचालन गर्न लागिएको पालिकाले जनाएको छ ।

टाढा रहेका चिकित्सकसँग बिरामीले अनलाइनको माध्यमबाट सेवा लिने प्रविधिलाई टेलिमेडिसिन सेवा भनिन्छ । सेवा संचालनका लागि आइतवार प्रदेश अस्पताल लम्जुङ र भच्चेक आधारभूत अस्पतालबीच सम्झौता समेत भएको छ । प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा उपलब्ध गराउने गरी सम्झौता भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए ।

अत्यावश्यक परेको खण्डमा २४ सै घण्टा सेवा उपलब्ध गराउने भन्ने छ,’ उनले भने, ‘विशेषज्ञ टेलिकन्सल्टेशनका लागि आवश्यक प्राविधिकहरुलाई नियमित रुपमा सेवा सञ्चालनका लागि खटाउनु पर्ने सम्झौतामा उल्लेख छ ।’ प्रदेश अस्पताल लम्जुङबाट निशुल्क सेवा प्रदान गर्ने गरी एक बर्षका लागि सम्झौता भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्