| सोमवार, जेष्ठ १०, २०८३

खोर्लावेशीमा धमाधम बेलिब्रिज निर्माण

धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा धमाधम बेलिब्रिज निर्माणको काम भइरहेको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट बेलिब्रिज निर्माण भएको हो ।

आइतबारदेखि सो पुलको कामले तिब्रता पाएको आयोजनाका प्रतिनिधि इन्द्रप्रसाद गुरुङले जानकारी दिए । ‘सिलान्यास त चैत ५ मा गरिएको हो । त्यतिबेलादेखि जग खन्ने, पर्खा लगाउने काम भइरहेको थियो । अहिले बेलिब्रिजको स्ल्याब राख्ने, काम भएको छ । अबको तीनचार दिनभित्र बेलिब्रिज निर्माण सम्पन्न हुन्छ’, उनले भने ।

पुलको लम्बाइ ३० मिटर र चौडाइ चार मिटर रहेको छ ।

सो पुल बनेपछि धार्चेका विभिन्न वडाहरु र चुमनुब्री गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । साथै बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्थल जान पनि पुल बनेपछि सजिलो हुन्छ । त्यहाँ पुल नबन्दा बर्खाका बेला आयोजना स्थल पुग्न असम्भव थियो ।

प्रतिक्रिया दिनुहोस्