
सिरानचोकले सुरु गर्यो कृषि ढुवानी सेवा
मेलिना बराम ।
सिरानचोक गाउँपालिकाले कृषि ढुवानी सेवा सुरु गरेको छ । कृषि ढुवानी सेवाका लागि गाउँपालिकाले गत जेठ अन्तिम सातादेखि कृषि एम्बुलेन्स सञ्चालन गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए । साना किसानहरुको उत्पादनलाई संकलन गरि बजारसम्म पु¥याउने उद्देश्य रहेको उनले जानकारी दिए ।
‘पालिकामा धेरै जसो किसान वर्ग छन्, त्यसमा पनि साना किसान, उहाँहरुको उत्पादन पनि थोरै नै हुन्छ,’ उनले भने, ‘ती थोरै उत्ंपादनलाई पनि खेर जान नदिई बजारसम्म पु¥याउने उद्देश्यले हामीले सेवा सुरु ग¥यो ।’ हप्ताको दुई पटक हरेक वडाको हरेक गाउँमा कृषि एम्बुलेन्स पुगेर उत्पादन संंकलन गर्ने गरेको उनले दाबी गरे ।
‘हामीले रुट तयार पारेर कृषि एम्बुलेन्स सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘सोही अनुसार प्रत्येक वडाको हरेक गाउँमा हप्तामा दुई चोटी, नभएको खण्डमा एक चोटी भए पनि पुगेर उत्पादन संकलन गरे बजारसम्म पु¥याउने काम भइरहेको छ ।’
उत्पादनको लागि बजार सीमा जोडिएका पालिकासँग बजारलगायत स्थानीय बजार नै प्रथामिकतामा रहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए । साथै स्थानीय उत्पादनको लागि बजारको समस्या नभएको उनले स्पष्ट पारे ।
‘बजारीकरणमा समस्या छैन, किसानले उत्पादन गरेको २–४ किलो जति भएपनि हामीले संकलन गरेर गाउँपालिकासँग सिमा जोडिएको पालिकाका मुख्य बजारहरुमा पठाउछौं,’ उनले भने, ‘स्थानीय बजारमा बिक्री गरेर बाँकी भए आबुँखैरेनी, चितवन, दमौली, पोखरा र काठमाडौंसम्म पठाउने व्यवस्था गरिएको छ ।’
पालिकाभित्रमुख्य गरी कफी र अलैचीको खेती हुने गरेको अध्यक्ष गुरुङको भनाइ छ । अन्य तरकारीबालीको लागि पनि वातावरण अनुकूल रहेकोले उत्पादन राम्रो हुने उनले बताए । कृषि ढुवानी सेवासँगै पालिकाले कृषक लक्षित कार्यक्रममा ४ वटा कोल्डस्टोर पनि सञ्चालन गरेको उनले जानकारी दिए ।कृषि ढुवानी सेवाको लागी गत आ.वमा तीन लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ठाकुर अर्यालले बताए ।
यो वर्ष भने थप प्रोत्साहन स्वरुप १० लाख बजेट विनियोजन गरिएको उनले बताए । अहिले चालकसहित कृषि एम्बुलेन्स पनि भाडामा लिएर सञ्चालन गरिरहेको उनको भनाई छ । उत्पादन संकलन गरेर बजारीकरण भने निशुल्क व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।




