
गोरखाबाट मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार
गोरखा नगरपालिका–७ मान्द्रेढुंगाबाट एक महिलाको उद्धार गरिएको छ । वेवारिसे अवस्थामा फेला परेकी ३५ बर्षीय संगिता खत्रीको शुक्रवार उद्धार गरिएको हो ।
गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमको संयुक्त पहलमा उनको उद्धार भएको हो ।
मानसिक सन्तुलन गुमाएकी उनलाई मानव सेवा आश्रम कास्की पठाइएको बताइएको छ ।




