
बिगतबाट पाठ सिकेर नीति कार्यक्रम ल्याउनू
अहिले नयाँ आर्थिकबर्ष सुरु भएको छ । अधिकांश पालिकाहरुले नयाँ आर्थिक बर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याइसकेका छन् । चरम विवादमा रहेका पालिकाहरुले भने नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन् ।
गोरखाका प्राय पालिकाहरुले ल्याएका नीति कार्यक्रम अघिल्लै बर्षको निरन्तरता जस्तो देखिन्छ । अत्यन्तै न्यून कार्यक्रम मात्र नयाँ खालका आएका छन् । पालिकाले नागरिकहरूको जीवनस्तर सुधार्न र स्थानीय विकासलाई गति दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्छ ।
समय सापेक्ष कम्प्युटर तथा इन्टरनेटको व्यवस्था, डिजिटल शिक्षामा जोड दिने खालको कार्यक्रम गर्नुपर्छ । कृषि क्षेत्र हाम्रो मेरुदण्ड हो । उन्नत बीउ, मल, आधुनिक कृषि औजारमा अनुदान तथा तालिमको व्यवस्था गर्नुपर्छ । साथै उत्पादन उत्पादनको बजारीकरणमा सहयोग गर्ने, कृषि संकलन केन्द्र स्थापना गर्ने कार्यक्रम गर्नुपर्छ ।
यी सबैभन्दा महत्वपूर्ण कार्यक्रम त रोजगारी सिर्जना गर्ने हो । स्थानीय स्रोतसाधनमा आधारित लघु उद्यमहरूलाई प्रोत्साहन गर्ने, तालिम तथा वित्तीय सहयोग उपलब्ध गराउने काम गर्नुपर्छ । साथै युवाहरूलाई स्वरोजगारका लागि विभिन्न सीपमूलक तालिमहरू प्रदान गर्नुपर्छ । अर्को विकास भनेको पर्यटन प्रवद्र्धन हो । स्थानीय पर्यटकीय स्थलहरूको विकास तथा प्रवद्र्धन गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्छ ।
पालिकाहरुले यी सबै क्षेत्र समेटेर कार्यक्रम नल्याएका होइनन्, तर फरक खालका कार्यक्रम कम छन् । जनचासोका कार्यक्रमहरु कम छन् । वितरणमुखी कार्यक्रम बढि छन् । सीप सिकाउने कार्यक्रम कम छन् । गतबर्षका कैयौं कार्यक्रमबाट पाठ सिकेर अबका दिनमा कसरी अगाडि बढ्ने, कस्ता खालका कार्यक्रम फलदायी हुन्छन्, कस्ता खालका कार्यक्रम प्रत्युत्पादक हुन्छन् भन्ने बुझेर कार्यक्रम तय गर्नुपर्छ । बिगत बर्षमा असफल बनेका कार्यक्रमलाई फेरिफेरि दोहो¥याउनु फलदायी हुदैन ।




