| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाको बजेट तथा कार्यक्रम अनुमोदन

गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । बुधबार सम्पन्न नगरसभाको १७ औँ अधिबेशनले रु १ अर्व ५ करोड ३८ लाख ३० हजारको बजेट तथा कार्यक्रम अनुमोदन गरेको हो ।

बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मसलीमाया थोकरले कृषि विकासतर्फ ६९ लाख ५० रुपैँया, पशु विकासतर्फ रु ६१ लाख र सामाजिक विकासतर्फ रु एक करोड २० लाख रुपैँया बिनियोजन गरेको बताइन् । यस्तै, स्वास्थ्य सेवातर्फ रु एक करोड ३६ लाख, आयुर्वेदतर्फ रु २० लाख र शिक्षा, युवा तथा खेलकुदतर्फ रु तीन करोड ३६ लाख ४५ हजार बिनियोजन गरेको उनको भनाइ छ ।
नगरपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रमका लागि रु ५ लाख बिनियोजन गरेको छ । माध्यमिक तहका विद्यालयहरुमा बुक फ्री फ्राइडे कार्यक्रमका लागि रु १० लाख बिनियोजन गरेको उपप्रमुख थोकरले बताइन् ।

पुरानो बसपार्क खोलखोले सडक नाला तथा फुटपाथ निर्माणका लागि रु एक करोड ७६ लाख ७५ हजार बिनियोजन गरिएको छ भने खोलखोले बसपार्क पूर्वधार निर्माणका लागि रु १५ लाख बिनियोजन भएको छ ।

त आर्थिक वर्ष २०८१÷०८२ मा गोरखा नगरपालिकालाई राजश्व र अनुदान तथा संघ र प्रदेश सरकार एवं नगरपालिकाको आन्तरिक स्रोत गरी कुल १ अर्व २ करोड ४२ लाख रुपैया संकलन भएको थियो । जसमध्ये ७५.२४ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । चालुतर्फ ८३.१९ र पुँजीगततर्फ ७४.४१ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्