| मङ्लबार, कार्तिक २४, २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलमा एक रुपैयाँ मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार आज राति १२ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य घटाएको हो ।

प्रतिक्रिया दिनुहोस्